Aakar

Aakar

Link to Aakar Post

Who is Dead Obama or Osama ? [Media Blunder]

Posted: 03 May 2011 05:12 AM PDT


ओवामा र ओसामा उच्चारण उस्तै उस्तै ! झन् अंग्रेजीमा लेख्ने हो भने त एउटा अक्षर B र S को मात्र फरक हो । Obama र Osama . obama-osama

नेपाली समय अनुसार हिजो बिहान टेलिभिजन सम्बोधन मार्फत, "ओवामा ले ओसामा मारिएको जानकारी दिए" । यस सँगै मिडियाले 'सनसनिपुर्ण' खबर पाए, प्रकाशन र प्रशारण गर्न को लागि । खबर 'ब्रेक' गर्ने को लहरै चल्यो तर त्यही खबर चाँडो गर्ने लालसामा 'बिबिसी' देखि 'फक्स न्युज' सम्म ले S को सट्टा B राखेर समाचार प्रकाशन प्रशारण गरे । अर्थात उनीहरुले प्रशारण गरे, "ओवामा मारिए" (Obama is dead).

अमेरिकी राष्ट्रपति वाराक ओवामा र आतंकवादी संगठन अलकायदा का प्रमुख ओसामा विन लादेन । एउटा को थर प्रख्यात छ भने अर्को को  नाम अर्थात, ओवामा र ओसामा । खबर प्रशारण र प्रकाशन गर्ने ले 'ओवामा' को टेलिभिजन सम्बोधन हेरेर 'न्युज ब्रेक' गरेका थिए, टिभि, ट्विटर र वेवसाइटहरुमा । 'ओवामा' भन्दै थिए, 'ओसामा मारिए' तर खबर छिटो छिटो दिने होड मा, संसार कै प्रख्यात मिडियाहरुले प्रकाशन/प्रशारण गरे, "ओवामा मारिए" । एक पटक सानो 'रिभ्यु' गर्दा, यी गल्तिहरु नहुने सम्भावना धेरै थिए तर उनीहरु ले प्रकाशन/प्रशारण गर्ने हतार गरेकै कारण, 'लज्जास्पद' गल्ति गर्न पुगे ।

bbc

डेली मेल का अनुसार, बिबिसीले ब्रेकिङ न्युज दिँदा, 'ओवामा मारिए' भनेर लेख्यो ।

CNN

त्यस्तै CNN ले पनि 'ओवामा' ले आत्मसमर्पण गर्ने कुनै संकेत दिएनन् भनेर आफ्नो 'लाइभ अपडेट' मा प्रकाशित गरेको थियो ।

Norah_O

MSNBC की वासिङ्गटन स्थित विशेष  सम्वाददाता Norah O'Donnell ले पनि हतार मा ट्विटर मा गलत ट्विट  गर्न पुगिन् ।

Mark_Knoller

mark2

CBS न्युज का 'व्हाइट हाउस' सम्वाददाता मार्क क्नोलर ले त दुई दुई पटक गलत ट्विट गर्न पुगे ।

Peter

NPR का पिटर सगल ले भने, आफूले 'ओसामा र ओवामा' मा 'टाइपिङ मिस्टेक' गरेको भन्दै फक्स न्युज को मजाक बनाउँदिन भन्दै माफी मागे ।

spain

त्यस्तै एउटा स्पेनिस साइट ले पनि हतार मा 'ओवामा' मारिए भनेर लेख्न पुग्यो ।

fake picture of bin ladenत्यसो त 'ओसामा' मारिएको पुष्टि गर्न 'नक्कली' फोटोहरु पनि खुबै प्रकाशन र प्रशारण गरे विश्वविख्यात साइट र टेलिभिजन च्यानलहरुले । समाचार र फोटो को आधिकारिकता पुष्टि नहुँदै, खबर दिन हतार गर्ने बानी का कारण, यस्ता गल्तिहरु दोहोरिएका हुन् ।


On Fox News, Geraldo Rivera said Obama is dead

फक्स न्युज का Geraldo Rivera  ले पनि ओवामा मारिए भनेर भने, तर पछि लगत्तै आफ्नो गल्ति सच्याए ।


Speaking of double offenses, another Fox news anchor also declared Obama dead

फक्स न्युज कै अर्का समाचार वाचक ले पनि, ओवामा मारिए भने, तर लगत्तै उनका सहकर्मी ले सच्याएका थिए ।

Info. & Image source : Mashable

 

Information Sharing Copyright © 2011