Aakar

Aakar

Link to Aakar Post

ज्याला पूरा लियौ, अब संविधान देऊ ! [Social Movement From Facebook]

Posted: 04 May 2011 08:19 PM PDT


नयाँ संविधान जारी गर्न को लागि, अब १ महिना  समय पनि बाँकी छैन । विगत मा समय थप्दा पनि, राजनितिक पार्टिहरुले संविधान बनाउन ध्यान दिएनन्, बरु सत्ता बाँडफाँड मै सबै अल्झिएर बसे । लाजमर्दो कुरा दर्जनौँ पटक प्रधानमन्त्री को निर्वाचन भयो ।

facebook nepali unites

तलब/भत्ता चाँही खाने तर संविधान भने नबनाउने सभासदहरुलाई खबरदारी गर्न, केही युवाहरुले फेसबुक बाट संविधान समयमै जारी गर्न दवाव अभियान प्रारम्भ गरेकाछन् । "परिवर्तनका लागि हामी नेपाली एक" नामक नाम nepalunitesदिइएको फेसबुक पेजमा "ज्याला पूरा लियौ, अब संविधान देऊ" भन्ने नारा सहित संविधान समय मै बनाउन सम्वन्धित पक्षलाई आग्रह गरिएको छ !

फेसबुक बाट चालिएको यो कदमलाई समर्थन गर्दै, ३ सय जना भन्दा बढि व्यक्तिले यो पेजलाई 'लाइक' गरिसकेकाछन् र यो क्रम जारी रहेको छ।

सबैको साथ र समर्थन हुने हो भने, फेसबुक मा जम्मा भएका समूहले साँच्चिकै भौतिक रुपमै उपस्थिति जनाएर दवाव दिएको खण्डमा अभियानले सफलता पाउने देखिन्छ । पोहोर माओवादीले गरेको अनिश्चितकालिन बन्द तोड्न पनि फेसबुक मा जम्मा भएको समूहले ठूलो भूमिका खेलेको थियो । अझ त्यसको नजिर र भर्खरै ट्युनिसिया र इजिप्टमा भएको कुरालाई हेर्ने हो भने, सबै को साथ सहयोग पाउने हो भने यस फेसबुक अभियानले पनि सफलता पाउने देखिन्छ ।

उक्त पेजको बारेमा यस्तो लेखिएको छ :

• म एक सचेत नेपाली नागरिक हूं।

• समृद्द र शान्त नेपाल बनाउने मेरो लक्ष छ। द्वन्दवाट नेपाललाई मुक्त पारी संपूर्ण नेपालीलाई समान हक र अवसर प्रदान गर्न म र म जस्तै करोडौं नेपाली जनता लागि परेका छौं।

• हामीले सम्बिधान सभा र ६०१ सभासदलाई बितेको ३ बर्ष प्रत्यक्ष सहयोग गरयौँ।

• तर शान्ति र सम्बिधान पुरा हुन सकेको छैन।

• हाम्रो धैर्य अव सकिई सकेको छ। अन्तिम आन्दोलनको अब विकल्प छैन, तर राजनैतिक दल (खास गरीकन ३ ठूलादल) र सम्विधान सभालाई स-सर्त अन्तिम मौका दिन्छौं।

सर्त :
• जेष्ठ १४ सम्म कमसेकम नयां सम्विधानको पूर्ण मस्यौदा अनिवार्य आउनु पर्ने, त्यति भए पछि मात्र बढिमा ३ महिना सम्विधान सभाको म्याद थप्न सकिने।

• तर म्याद थप्दा सभासदहरु, उपसभामूख र सभमूख सबैले तलव तथा कुनै पनि भत्ता नपाउने। ३ दलका शिर्ष नेताहरुले सम्विधान निर्माण प्रकृयालाई हाइज्याक गर्न नपाइने, सबै दल र सभासदहरुको पूर्ण सहभागितामा सम्विधान निर्माण प्रकृया अघि बढ्नु पर्ने।

• यो "नेपाली जनताको क्रान्ति एउटा सुरुवात मात्र हो, चांडै भविष्यमा जनतामा प्रत्यक्ष समपर्क र सहभागिता हुने गरी कार्यक्रम अघि बढाइने छ।

हेरौं कति सभासदहरु र नेताहरुले यस नेपाली जनताको क्रान्तिलाई साथ दिन्छन्?

सम्पूर्ण ऐक्यबद्धताका साथ,
म एक सचेत नेपाली नागरिक

तपाई पनि यस अभियानलाई समर्थन गर्नुहुन्छ भने, फेसबुक मा यो पेज यहाँ ("परिवर्तनका लागि हामी नेपाली एक") गएर लाइक गर्न सक्नुहुन्छ ।

 

Information Sharing Copyright © 2011