Aakar

Aakar

Link to Aakar Post

राष्ट्रिय जनगणना २०६८ र प्रभावकारिता #Nepal #Census

Posted: 16 May 2011 11:18 AM PDT


जेठ १ अर्थात 'मे १५' देखि नेपाल मा राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रिय जनगणना को लागि देशभरि साढे आठहजार सुपरिवेक्षक खटाइएका छन् । सुपरिवेक्षकले जेठ १८ गतेसम्ममा प्रत्येक घरपरिवारको मुली, पुरुष र महिलाको तथ्याङ्क संकलन गर्नेछन् ।असार ३ देखि १३ गते हुने  अन्तिम चरणको  यस जनगणना मा २ करोड ८० लाख ४३ हजारभन्दा बढी जनसंख्या हुने अनुमान गरिएको छ । पहिलो राष्ट्रिय जनगणना  सय वर्ष पहिले१९६८ सालमा भएको थियो ।

दश-दश वर्ष मा गरिने जनगणनामा मा विभिन्न विषय र क्षेत्रका बारेमा तथ्यांक लिने काम गरिन्छ । 'कोही नछुटौँ, कोही नदोहरिउँ' भन्ने नारा सहित सुरु गरिएको जनगणनामा हरेक व्यक्तिको नाम, थर, जात/जाति, लिङ्ग, उमेर, शिक्षा, पेशा लगायतको विवरण, छ महिनाभन्दा बढी समय बसोबास गर्ने स्थानबाट लिइने छ । विदेशमा रहेका परिवारको सदस्यको पूर्ण विवरण, जानुको कारण, गएको देशसमेत उल्लेख गरिनेछ । त्यसैगरी घरको बनोट, पक्की/कच्ची, क्षेत्रफल, छानोको किसिम, घरपालुवा पशु र पंक्षीसमेत उल्लेख गरिने छ, भनेर कान्तिपुर ले उल्लेख गरेको छ ।

पहिले पहिले को जनगणना मा घरमा रेडियो छ कि छैन भनेर सोधिन्थ्यो रे, अनि अहिले चाँही 'मोवाइल' छ कि छैन भनेर पनि सोधिन्छ रे ! अनि, यस पटक कुल गार्हस्थय उत्पादन दर (जीडीपी) बढाउनका निम्ति महिलाले गर्दै आएका 'घरधन्दा' कामसमेत तथ्याङ्कमा उल्लेख गरिने भएको छ ।

तर नेपाल मा गरिने जनगणना कत्ति को प्रभावकारी छ, त्यो भने भन्न सकिँदैन । हुन त पछिल्लो २०५८ साल को जनगणनालाई तथ्याङ्क भन्दा 'मिथ्याङ्क' नै भन्ने गरिएको छ । र त्यही कुरा फेरि यसपटक पनि नदोहरिएला भन्न सकिँदैन । जनगणनाका लागि स्कुल का शिक्षकलाई खटाइएको छ, पचासवटा प्रश्नहरु छन्, अनि दश भाषामा प्रश्न तयार गरिएको छ । सोचौँ न, पचास वटा प्रश्न भनेको थोरै हो ? एउटा 'गणक' ले दिन मा कति घर भ्याउँछ ? अनि कति पटक एउटै प्रश्न सबैतिर गएर दोहोर्याउँछ ? फेरि तयार गरिएका प्रश्न सबैले बुझ्छन् भन्ने पनि छैन ! थाहा छैन, 'गणक' लाई कस्तो प्रकार को तालिम या निर्देशन दिइएको छ । गणक ले सबै कुरा सोधेर, तथ्याङ्क लिन लाग्ने हो भने, एउटै घरमा १ घन्टा समय वित्न सक्छ । पचास वटा प्रश्न सोध्नुपर्यो, जवाफ दिने ले पनि समयमा जवाफ दिनुपर्यो । अनि कति वटा घर भ्याउँछ, एउटा गणक ले ?  थाहा पाएसम्म अमेरिका मा जनगणना को लागि एघार वटा प्रश्न सोधिन्छ, अनि भारत मा २९ वटा प्रश्न सोधिन्छ, तर हाम्रो मा सबै कुरा को तथ्याङ्क राख्न पचासवटा प्रश्न सोधिने रहेछ । मलाई लाग्छ, हाम्रो जनगणनामा सोधिने प्रश्नहरु धेरै भए, आवश्यकता भन्दा बढि भए । खर्च बढाउन दश - दश भाषामा प्रश्नपत्र तयार गरियो ।धेरै  प्रश्न र धेरै भाषामा हुँदैमा जनगणना प्रभावकारी हुन्छ र ?

जब प्रश्न धेरै हुन्छ, तब सोध्ने र जवाफ दिने दुवैलाई झिँझो लाग्ने कुरा मा कुनै दुइमत छैन । पचास वटा प्रश्न सोधिरहनु भन्दा, चाँडै गरौँ भनेर सबै प्रश्न नसोध्ने सम्भावना पनि उत्तिकै रहन्छ । अनि गाउँघरतिर हेर्ने हो भने, स्कुल का 'शिक्षक', 'शिक्षिका' ले प्राय: गाउँका सबैलाई चिन्ने हुँदा, 'शिक्षक', 'शिक्षिका' ले घरै बसेर गाउँ को सबै तथ्याङ्क नि भर्न सक्छन् । थाहा छैन, यस विषयलाई केन्द्रिय तथ्याङ्क विभाग ले कसरी लिएको छ ।हुन त सुपरिवेक्षण गर्न, सुपरिवेक्षकहरु त खटाएकै होलान् तर पनि यसमा 'गोलमाल' हुने सम्भावना धेरै नै रहन्छ ।

स्थानिय स्तरमा जन्मदर्ता, विहेदर्ता, सम्बन्धविच्छेद, बसाइसराइ, मृत्युदर्ता आदि नियमित गरिने हो भने, तथ्याङ्क को लागि, त्यति सारो तर्सनुपर्ने कुरा पनि केही थिएन । तर गाउँघर तिर स्थानियस्तरमा 'पञ्जिकरण' खासै गरिएको पाइँदैन, जन्मदर्ता र विहेदर्ता बाहेक ।साथै, जनगणना दश वर्षमा हुन्छ तर स्थानिय स्तरमा दिनहुँ जस्तो जन्मदर्ता गराइन्छ, ती सबैलाई केन्द्रिय तथ्याङ्क विभाग ले कसरी लिइरहेको छ ? नियमित रुपमा महिना या वर्षमा केन्द्र ले स्थानिय निकायबाट तथ्याङ्क लिने हो भने, जनगणनामा प्रश्नहरु को भारी कम हुने थियो होला ।

प्रश्नहरु धेरै हुँदैमा सही तथ्याङ्क आउँछ भन्ने के ठेगान छ र ? पचास वटा प्रश्न को उत्तर देशभरि बाट लिनु पर्यो, अनि त्यसलाई फेरि 'एनालाइसिस' गर्नुपर्यो ।पाइएका 'डाटा'हरुलाई 'प्रोसेस' गरे पछि मात्र हेर्न खोजेको तथ्याङ्क फेला पर्छ । अत: नेपालभरि बाट जम्मा पारिएको 'डाटा'लाई कहिले 'प्रोसेस' गरिसक्छ होला, तथ्याङ्क विभागले ।

अब पचास-पचास वटा प्रश्न सोध्ने नै भएपछि, घरमा कम्प्युटर छ कि छैन, इन्टरनेट छ कि छैन भन्ने प्रश्न पनि समावेश गरेको भए हुनेथियो, त्यो चाँही किन नगरेको होला ?

Anonymous Took Down Nepal Government's Official Website

Posted: 16 May 2011 07:57 AM PDT


'इन्टरनेट स्वतन्त्रता' को नाम मा इन्टरनेटमा 'पे व्याक अपरेसन' गर्दै आएको 'अज्ञात' अर्थात 'Anonymous Operations' नामक समूहले आज नेपाल सरकार को आधिकारिक वेवसाइट http://www.nepalgov.gov.np/ लाई हमला गरेर 'डाउन' गराइदिएको छ ।

ट्विटर मा एक ट्विट मार्फत 'Anonymous Operations' नामक अज्ञात समूहले नेपाल सरकारको साइट डाउन गरेको बताएको छ । ट्विट मा भनिएको छ : "#OpEverest: http://www.nepalgov.gov.np/ seems to be DOWN! We are #Anonymous. Expect us! more info: ::: https://pastee.org/skq59 #Nepal"


राजनितिक अस्थिरता, बढ्दो अपराधिक कृयाकलाप, इन्टरनेमा गरिएको सेन्सरसिप आदि विभिन्न कारण देखाउँदै 'अज्ञात' समूहले एक विज्ञप्ति मार्फत नेपाल सरकारलाई सम्बन्धित विषयहरुमा ध्यानाकर्षण गराउन साइट डाउन गराइएको उल्लेख छ । राजनितिक दलहरु प्रति आक्रमक देखिएको अज्ञात समूहले माग पुरा नभए, नेपाली राजनितिक दलहरुको साइट पनि 'डाउन' गराइने कुरा उल्लेख गरेको छ ।

इन्टरनेटमा बाँडिएको 'अज्ञात' को विज्ञप्ति यस प्रकार छ :
EXPECT US.


नमस्कार,

हामी अज्ञात हौ| नेपालमा भईरहेका सामाजिक र राजनीतिक गतिबिधि, अन्यौल तथा ब्याप्त अब्यबस्था र भ्रस्टाचार, इन्टरनेटमा भईरहेको प्रतिबन्ध तथा जासुसीहरु प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ| नेपालमा भईरहेको यस्ता सामाजिक, राजनीतिक अस्थिरता, बढ्दो अपराधिक क्रियाकलाप र उनीहरुलाई प्राप्त राजनीतिक संरक्षणले गर्दा आज नेपाल एउटा असफल राष्ट्रमा परिवर्तन हुदै छ| त्यसमाथि नेपालमा भईरहेको इन्टरनेटको प्रतिबन्ध तथा जासुसीले गर्दा जनताहरुले आफु सूचित हुने हकबाट बन्चित हुनु परेको छ|

जनताको युग सङ्गत प्रविधि प्रयोग गर्ने अधिकारको सरकारले संरक्षण गर्नुको सट्टा उल्टै केहि ठुला ठालुको फाइदाको लागि यो हक वन्चित गराउन खोज्नु लोकतन्त्र को विपरित हो | नेपाली जनताको हक हितको लागि र नया संविधानको निर्माणको लागि उठेको जनताको अवाज निमोठ्न खोज्नु , कुनै प्रजातान्त्रिक सरकार लाई सुहाउदैन | अहिलेको युगमा जनताको माग , इच्छा , चाहना बिना कुनै नेता , सरकार र राजनैतिक पार्टीको अस्तित्व रहदैन भन्ने आशय बुझ्नु जरुरि छ | सचेत जनताले नै सफल राष्ट्र बनाउछ | जनतालाई अँध्यारोमा राखेर , नेता, ठुला ठालुहरुले धमिलो पानिमा माछा मार्ने कु-विचार गरेको प्रस्टिएको छ |

अज्ञात एउटा बिचार हो | विचार कहिले मर्दैन | यो एक सोच हो | यसैले समाजलाई अगाडी बडाउछ | इतिहास साछी छ, यो सोचलाई मार्न खोज्दा सोच झन् बलियो हुन्छ |

यो संदेश नेपाल सरकार को लाई ध्यानआकर्षण हो र सबै राजनैतिक पार्टीहरुको लागि खबरदारी हो | अज्ञातले बिर्सेको छैन जनताको आहुति | बिर्सेको छैन नेताहरुको धोका | आजको जनता लाटो छैन | माफी दिने छैन जनताले , अज्ञातले |

त्यसकारण हामीले बाध्य भएर नेपाल सरकारको यसतर्फ ध्यान आकर्षण गराउन नेपाल सरकारको आधिकारिक website: http://www.nepalgov.gov.np/ मा हमला गरेका छौ |

यस ध्यानाकर्षणलाई नजरअन्दाज गरिए , अर्को चरणमा निम्न लिखित राजनैतिक पार्टीहरुको websites मा हाम्रो गन्तब्य हुने छ |

* http://www.ucpnm.org/

* http://www.nepalicongress.org/

* http://www.cpnuml.org/

* http://www.mjfn.org/



हामी अज्ञात हौ|
हामी बिर्सिदैनौ|
हामी माफ गर्दैनौ|
हामी दस्ता हौ|
हाम्रो अपेक्छ्या गर्नुस |
हामीले यो ब्लग तयार पार्दा सम्म नेपाल सरकार को आधिकारिक वेवसाइट 'डाउन' नै रहेको छ ।


कानुनी हिसावले, साइट डाउन गरिनुलाई गैरकानुनी मानिन्छ । 'अज्ञात' समूहले 'DDoS Attack' (Distributed Denial-of-service Attack) अर्थात धेरै लोड/रिक्वेष्ट दिएर नेपाल सरकार को साइट डाउन गराएका हुन् । यही 'अज्ञात' समूहले विगत मा विलिकिक्स काण्डमा पेपल, मास्टरकार्ड, भिजा कार्ड लगायत अन्य दर्जनौँ साइटहरु डाउन गराएको थियो । साइट डाउन भएको विषयमा नेपाल सरकार को धारणा अहिलेसम्म सार्वजनिक भएको छैन ।
 

Information Sharing Copyright © 2011