Aakar

Aakar

Link to Aakar Post

कास्की नेत्रहिन संघव्दारा दृष्टिविहिनलाई सहयोग

Posted: 22 May 2011 03:04 AM PDT


आज मिति २०६८ जेष्ठ ८ गतेका दिन लेखनाथ नगरपालिकाको सभाकक्षमा दृष्टिविहिन बालबालिका तथा लेखनाथ भित्रका दृष्टिविहिन व्यक्तिहरुलाई सहायक, शैक्षिक सामाग्री वितरण तथा आय-आर्जनका लागि सहयोग वितरण कार्यक्रम सम्पन्न गरिएको छ।braille

उक्त कार्यक्रममा जनप्रकाश उच्च मा.वि.मा अध्ययनरत १ देखि ५ कक्षासम्मका दृष्टिविहिन बिद्यार्थीहरुलाई ब्रेल पाठ्यपुस्तक वितरण गरिएको छ । त्यसैगरी ८ कक्षासम्मका ४ जना दृष्टिविहिन विद्यार्थीहरुलाई ४ थान स्लेट, स्टायलस वितरण गरिएको छ । त्यसैगरी झण्डै १५०० पाना ब्रेल पेपर र २ थान सेतो छडि, ब्रेल सिकाउनका लागि आवश्यक सामाग्री र ज्यामिति पढाउनका लागि सहज ब्रेल सामाग्री समेत वितरण गरिएको छ।

त्यसै गरी कुँडहर प्रा.वि. का दृष्टिबिहिन विद्यार्थीहरुलाई ब्रेल पाठ्यपुस्तक, ४ थान स्लेट स्टायलस, सेतो छडि र अन्य शैक्षिक सामाग्री वितरण गर्नुका साथै लेखनाथ नगरपालिका-१, आदर्शचोक निवासी दृष्टिविहिन लक्ष्मी चापागाईलाई रु.१५०००।- उन्नत जातको गाई पालनको लागि आर्थिक सहयोग उक्त समारोहमा प्रदान गरिएको छ ।

कास्की नेत्रहिन संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका लागि लेखनाथ नगरपालिकाको केहि आर्थिक सहयोग थियो भने अन्य कास्की नेत्रहिन संघको आन्तरिक स्रोत र प्रोडेन्सियल ईन्सुरेन्स र NIC फाउन्डेशनको समेत सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा लेखनाथ नगरपालिका भित्र रहेका क्रियाशिल राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत नारायण ज्ञवालीको प्रमुख आतिथ्यता र कास्की नेत्रहिन संघका अध्यक्ष शिशिर खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा यस संस्थाकी कार्यबाहक सचिव शोभा पौडेलले स्वागत मन्तव्य, कार्यक्रम संयोजक लक्ष्मण सुवेदीले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष विजय लामिछानेले सो कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

- -

पोखराबाट, कास्की नेत्रहिन संघका अध्यक्ष शिशिर खनाल

 

Information Sharing Copyright © 2011