Aakar

Aakar

Link to Aakar Post

एप्पल र गुगल को चिसिँदो सम्बन्ध [Apple Vs. Google]

Posted: 22 May 2011 11:19 PM PDT


'सर्च जायन्ट' गुगल र 'आइफोन'का निर्माता एप्पल बिच को सम्बन्ध चिसिँदै गएको कुरा 'सिलिकन भ्याली' मा तेस्रो विश्वयुद्द को रुपमा हेरिँदैछ । विगत मा एउटै साझा लक्ष्य बनाएर, माइक्रोसफ्ट को 'मोनोपोली' विरुद्ध खनिएका एप्पल र गुगल बिच को सम्बन्धमा हालै का दिनमा खटपट आएको कुरा गतहप्ता न्युयोर्क टाइम्स ले प्रमुुखताका साथ प्रकाशित गरेको थियो । दुई कम्पनी विच बढ्दै गएको तिक्तकता त छँदैछ, त्यसमाथि भर्खरै सार्वजनिक गरिएको एउटा सर्वेक्षण ले गुगलको वर्चश्वलाई तोड्दै एप्पललाई विश्वको सबैभन्दा 'महत्वपुर्ण ब्रान्ड' [Apple Now World's Most Valuable Brand - Mashable] को रुपमा चिनाएको छ ।

माइक्रोसफ्टलाई 'अनलाइन सर्भिस' र मोबाइल फोन दुवै क्षेत्रमा पछार्ने हेतुले विगतमा गुगल र एप्पल ले साझेदारी गरेका थिए । एप्पल ले पहिलो आइफोन बनाउँदा, दुवै कम्पनी को साझेदारीमा 'गुगल सर्च' र 'गुगल म्याप' लाई आइफोनमा राखिएको थियो । सन् २००७ मा एप्पलका 'स्टिभ जब्स' [Steve Jobs] र गुगल का 'इरिक स्कमिड' [Eric Schmidt] दुवै ले संयुक्त रुपमा पहिलो आइफोन सार्वजनिक गरेका थिए । तर गुगल ले 'एन्ड्रोइड' अपरेटिङ सिस्टम मार्फत स्मार्ट फोन बजार मा आफ्नो उपस्थिति जनाउन थालेपछि, आइफोन निर्माता एप्पल, 'सर्च जायन्ट' गुगलमाथि बढि नै आक्रामक रुपमा प्रस्तुत भएको छ ।विगत छ महिना को समयमा 'प्रोडक्ट र सर्भिस' लाई लिएर केयौँ पटक एप्पलका 'स्टिभ जब्स' र गुगल का 'इरिक स्कमिड'  विच सार्वजनिक स्थानमा वाकयुद्ध  चलिसकेको छ, त्यतिमात्र होइन, एप्पलले गुगलका एन्ड्रोइड सञ्चालित मोबाइलहरु माथि 'पेटेन्ट' आदिको दावी गर्दै मुद्दा पनि हालेको छ ।

केही हप्ता पहिले मात्रै पनि गुगल को 'एन्ड्रोइड' सिस्टम प्रयोग गर्ने स्मार्टफोन निर्माता 'एचटिसी' माथि आफ्नो 'पेटेन्ट' को दुरुपयोग भएको भन्दै एप्पल ले मुद्दा चलाएको छ । स्मार्टफोन बजारमा बढ्दै गएको गुगल को वर्चश्वलाई निस्तेज पार्ने उद्देश्यले एप्पल, गुगल माथि खनिएको कुरा, जानकार टेक पण्डितहरु बताउँछन् ।एप्पल सोच्छ, 'स्मार्ट फोन' र 'ट्याब्लेट'हरु नियन्त्रित हुनुपर्छ र एप्लिकेशनहरु तोकिएको 'एपस्टोर' बाट मात्रै डाउनलोड गरेर प्रयोग गर्नेखालको हुनुपर्छ। तर गुगल सोच्छ, 'स्मार्ट फोन'हरु 'ओपन' हुनुपर्छ, ताकि जोकोही ले एप्लिकेशन बनाएर, जुन सुकै 'फोन' मा सजिलै प्रयोग गर्न सकुन् । गुगल को यही 'ओपन कन्सेप्ट' का कारण नै उसले छोटो समयमै स्मार्टफोन बजारमा 'एन्डोइड' अपरेटिङ सिस्टम मार्फत आफ्नो महत्वपुर्ण उपस्थिति जनाएको छ ।

सर्चमा आफ्नो प्रभुत्व जमाएको गुगल ले,'स्मार्टफोन' बजारमा हात हालेका कारण एप्पल रुष्ट भएको हो भन्दा फरक नपर्ला । न्युयोर्क टाइम्स का अनुसार गत जनवरीमा भएको एक कन्फ्रेन्समा एप्पल का 'सिइओ' स्टिभ जब्स गुगल विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । जब्सले भनेका थिए, "हामीले उनीहरुको सर्च विजनेसमा हात हालेका थिएनौँ, तर उनीहरुले हाम्रो फोन विजनेसमा हात हालेकाछन् ! गुगल हाम्रो 'आइफोन'लाई मार्न चाहन्छ तर हामी कदापी त्यसो हुन दिँदैनौ ।" ["We did not enter the search business. They entered the phone business.Make no mistake: Google wants to kill the iPhone. We won't let them." ~ Steve Jobs]

एन्डोइड सिस्टम ले स्मार्टफोन बजारमा दह्रो उपस्थिति जनाउन थालेपछि केही पहिले स्टिभ जब्स ले गुगल प्रति लक्षित गर्दै अब आफू चुप लागेर नबस्ने बताएका थिए । त्यसपछि एप्पल ले 'एचटिसी' का विरुद्ध एप्पलको 'पेटन्ट' को दुरुपयोग गरेको भन्दै मुद्दा हालेको थियो । हुन त, गुगल का 'इरिक स्कमिड' ले पनि एप्पललाई भन्न बाँकी राखेका छैनन् । गत जनवरीमा 'वल्ड इकोनोमिक फोरम' मा आइप्याड महिना मै लाखौँ लाख विक्रि भएको सम्बन्धमा जिज्ञासा राख्दा ठट्टा गर्दै इरिक ले 'आइप्याड' लाई ठूलो फोन को संज्ञा दिएका थिए । ["You might want to tell me the difference between a large phone and a tablet." ~ Eric Schmidt] यसरी दुई कम्पनीहरु विच को प्रतिस्पर्धा अहिले व्यवसायिक भन्दा पनि व्यक्तिगत जस्तो देखिन थालको छ । विगत मा सँग-सँगै रहेका र एक अर्कालाई सहयोग गर्दै आएका दुई कम्पनीहरु अहिले शितयुद्द र वाकयुद्ध मा उत्रिनुलाई राम्रो मान्न सकिँदैन ।

एप्पल आफ्नो आइफोनका 'सेवा र सुविधा', गुगल ले चोरेको आरोप लगाउँदैछ भने गुगल भन्छ,'एन्ड्रोइड' ओपन भएका कारण 'एन्ड्रोइड' का 'फिचर्स' र सेवा सुविधा का बारेमा धेरै पहिले देखि नै चर्चा हुँदै आएको छ र एन्ड्रोइड का केही 'प्रोटोटाइप'हरु 'आइफोन' भन्दा पहिले निस्किएका हुन् ।

गुगल को एन्ड्रोइड व्दारा सञ्चालित पहिले का फोनहरु मा 'मल्टिटच' थिएन । यही कुरालाई ध्यानमा राख्दै एप्पलका स्टिभ जब्सले पहिले नै, 'गुगल का एन्ड्रोइडमा यस्ता फिचर आयो भने, स्यु गरिने' बताएका थिए । तर गुगल ले कसैको कुरामा ध्यान नदिइ आफ्नो सेवा र सुविधालाई राम्रो बनाउन लागिरह्यो र अहिले सम्म आउँदा 'एन्ड्रोइड' ले ठूलो फड्को मारिसकेको छ र स्मार्टफोन बजारमा आफ्नो दह्रो उपस्थिति जनाइसकेको छ ।

गोपनियता को सवाल उठाउँदै 'गुगल भ्वाइस' एप्लिकेशनलाई आइफोन ले गत जुलाई मा ब्लक गरेपछि, जब्स र इरिक बिच को सम्बन्ध चिसिएको थियो फलस्वरुप एप्पल को 'बोर्ड' मा समेत रहेका गुगल का इरिक ले एप्पलबाट आफ्नो हात झिकेका थिए । कम्प्युटर का लागि 'क्रोम' अपरेटिङ सिस्टम र स्मार्टफोन का लागि एन्ड्रोइड अपरेटिङ सिस्टम बनाउने गुगललाई एप्पल ले आफ्नो शत्रुको रुपमा देखेको छ ।  'इरिक' ले एप्पलबाट हात झिक्दा जब्सले 'क्रोम' र 'एन्ड्रोइड' तर्फ लक्षित गर्दै भनेका थिए, "गुगल ले हाम्रो विजनेशमा हात हालिरहेकोछ" । अनि त्यसपछि झनै चर्किएको थियो, एप्पल र गुगल विच को युद्द !

एप्पल ले आइफोन र आइप्याड डिभाइसहरुमा विज्ञापन को लागि 'मोबाइल एडभर्टाइजिङ' कम्पनी 'एडमोब'लाई ६ सय मिलियन डलर मा किन्ने प्रस्ताव राख्यो तर त्यसको ४५ दिनपछि गुगल ले हामी पो, अनलाइन विज्ञापन का 'प्रो' हौँ भन्दै ७ सय ५० मिलियन डलर मा 'एडमोब' किन्यो । आफ्नो हातमा आइसकेको कम्पनीलाई गुगल ले बठ्याँइपुर्वक हत्याएपछि  स्टिभ जब्स क्रुद्ध भएका थिए । त्यसपछि एप्पल ले एडमोव को प्रतिस्पर्धि 'क्वाट्रो वायरलेस'लाई किन्यो तर त्यसै दिन गुगल ले आफ्नो फोन 'नेक्सस वान' बजार मा ल्याएका कारण, एप्पल को खबर ओझेलमा परेको थियो ।

विगतमा धेरै क्षेत्रमा साझेदारी गर्दै आएको गुगलले, एप्पल का ब्राउजर, आइफोन, आइप्याड एप्लिकेशन आदिमा गुगल सर्च र गुगल का अन्य सुविधाहरु राख्न को लागि एप्पललाई वर्षेनी लाखौँ डलर तिर्ने गरेको छ ।तर 'स्मार्ट फोन' लाई लिएर दुई कम्पनि विच तिक्तता उत्पन्न भएका कारण, कतै एप्पल ले गुगल को प्रतिस्पर्धि 'बिङ्ग' लाई आफ्नो 'डिभाइस' मा 'डिफल्ट' सर्च इन्जिन बनाउने त हैन भन्ने चिन्ता मा गुगल परेको छ ।एप्पल ले सहकार्यको लागि माइक्रोसफ्ट सँग सम्झौता गरेको हल्ला पनि चलेको छ । हुन त एप्पल ले 'बिङ्ग' लाई नै राखेपनि, 'गुगल' गर्ने मान्छेहरु 'बिङ्ग' गर्दैनन्  र गुगललाई खासै घाटा पर्ने पनि देखिँदैन । यी दुइ कम्पनीहरु बिच बढेको तिक्तता हटाउन मध्यस्थकर्ताहरु को आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

सन्दर्भ सामाग्री तथा तस्विर : न्युयोर्क टाइम्स
 

Information Sharing Copyright © 2011