Aakar

Aakar

Link to Aakar Post

Bulbul : Episode - 91

Posted: 25 May 2011 09:15 AM PDT


Listen to Bulbul Episode-91

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

Bulbul is a Radio Program (a gajal program).

Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

Download Bulbul : Episode-91

This posting includes an audio/video/photo media file: Download Now

विकिलिक्स व्दारा आफ्नै बारेमा बनाइएको भिडियो लिक #WikiSecrets #Wikileaks [Documentary]

Posted: 25 May 2011 06:54 AM PDT


पिविएस फ्रन्टलाइन (PBS-Frontline) ले विकिलिक्स को बारेमा तयार पारेको डकुमेन्ट्रि 'विकिसिक्रेट्स' (WikiSecrets) हिजो प्रसारण गर्‍यो । फ्रन्टलाइन ले विकिलिक्स का संस्थापक जुलियन असाञ्ज सँग अन्तरवार्ता त लिएको रहेछ तर 'विकिलिक्स' लाई नराम्रो देखाउन फ्रन्टलाईन ले  सक्दो मेहेनत गरेछ ।

फ्रन्टलाइनले 'विकिलिक्स' का जुलियन असाञ्ज तथा अमेरिकन आर्मी ब्राड्ली मानिङलाई 'भिलेन' को रुपमा चित्रित गर्न सक्ने कुरा 'विकिलिक्स' ले पहिले नै चाल पाइसकेको रहेछ । विकिलिक्स नि के कम, उसले फ्रन्टलाइन सँग अन्तर्वाता को क्रममा खिचिएको भिडियो आफैँले लिक गरिदियो ।

अप्रिल २०११ मा फ्रन्टलाइनका मार्टिन स्मिथ ले जुलियन असाञ्ज सँग डकुमेन्ट्रि 'विकिसिक्रेटस' को बारेमा अन्तर्वाता लिएका थिए ।

अन्तर्वाता का क्रम मा विकिलिक्स का संस्थापक जुलियन असाञ्ज ले अन्तर्वाता लिने मार्टिन स्मिथलाई, फ्रन्टलाइन को अघिल्लो शृंखलामा अमेरिकन आर्मी ब्राड्ली मानिङका बारेमा नकरात्मक टिका टिप्पणी गरेको भन्दै स्मिथलाई थर्काइदिएका रहेछन् । फ्रन्टलाइन ले, स्मिथलाई थर्काएको भिडियो त प्रसारण गरेन तर दर्शक को दिमागमा विकिलिक्स बारे नराम्रो धारणा को विजारोपण गरिदिन, केही त्यस्तै व्यक्तिहरुको धारणा प्रसारण गर्यो ! जुन हेरेपछि लाग्छ, साँच्चै 'विकिलिक्स' त खत्तम नै रैछ । पितपत्रकारिता को उत्कृ्ष्ट नमुना प्रदर्शन गर्दै फ्रन्टलाइन ले, जुलियन असाञ्ज, ब्राड्ली मानिङ आदिको चरित्र हत्या गर्ने दुष्प्रयास गर्यो ।

विगतमा सँगै काम गरेका (जो हाल विकिलिक्सबाट अलग भइसकेकाछन्), उनीहरुको स्वरलाई बढावा दिँदै विकिलिक्स का पक्षमा उठाइएका सवाललाई कमजोर पार्ने काम उक्त भिडियो मा देखाइएको छ । विकिलिक्स को विरुद्ध मा विषवमन गरिएको भिडियो, फ्रन्टलाइन ले प्रसारण गर्नु अगावै, विकिलिक्स ले आफ्नो अन्तर्वाता को भिडियो सार्वजनिक गरेको हो ।

फ्रन्टलाइन ले 'ब्राड्ली मानिङ' को 'फेसबुक' प्रोफाइल पनि सार्वजनिक गर्दै, प्रयोगकर्ताको गोप्यता को खिल्ली उडाइदिएको छ । कसैको फेसबुकमा लेखिएका नितान्त व्यक्तिगत कुराहरु सार्वजनिक गर्नुलाई राम्रो मान्न सकिँदैन । तर फ्रन्टलाईनले ब्राड्ली मानिङ को चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित भएर, मानिङ को फेसबुक सार्वजनिक गरेझैँ भान हुन्छ । फेसबुकमा लेखिएका कुराहरु बाट, 'विकिलिक्स' लाई अमेरिका को गोप्य दस्तावेज र अमेरिकी सेनाको बर्बरता को भिडियो सार्वजनिक गर्ने मानिङ 'गे' हुन् भन्ने बुझिन्छ । तर त्यही कुरालाई पुष्टि गर्न भन्दै, फ्रन्टलाइन ले मानिङ को फेसबुक नै सार्वजनिक गरिदिएको छ ।

भिडियोमा भने, 'विकिलिक्स' र 'न्युयोर्क टाइम्स' बिच चिसिएको सम्बन्ध को बारेमा पनि चर्चा गरिएको छ । विगतमा विभिन्न समयमा 'विकिलिक्स' र 'न्युयोर्क टाइम्स' ले समाचार प्रकाशन मा सहकार्य गर्दै आएका थिए । पछिल्लो पटक, अमेरिकी दुतावासहरुको गोप्य दस्तावेज न्युयोर्क टाइम्स सहित अन्य ४ समाचार संस्थाहरुले प्रकाशन र प्रशारण गरेका थिए ! असाञ्ज ले आफूले पहिले ब्राड्ली मानिङलाई नचिनेको कुरा पनि उक्त भिडियो मा बताएकाछन् ।


Watch Documentary : WikiSecrets

जुलियन असाञ्ज र मार्टिन स्मिथ बिच भएको कुराकानी को पूर्ण विवरण यहाँ गएर पढ्न सकिन्छ ।

 

Information Sharing Copyright © 2011