Aakar

Aakar

Link to Aakar Post

Twitter Reaction on Constituent Assembly #CA28May

Posted: 28 May 2011 12:30 AM PDT


संविधान सभाको थपिएको १ वर्ष म्याद पनि आज सँकिदैछ । संविधान बनाउने त कुरै छाडौँ, आज अन्तिम दिन सम्म पनि दलहरु कुनै पनि सहमति मा पुग्न सकेका छैनन् ।

दलहरु अझै सहमति मा पुग्न बैठक मा बसिरहेकाछन् अनि नेपालीहरु अब के हुने हो, कसरी अगाडि बढ्ने हो नेपाली राजनिति, सोचमग्न भएका छन् । चिया पसलमा अब कर्फ्यु लाग्ने हो या संकटकाल लाग्ने हो कि भन्ने गफहरु पनि हुन थालेको छ ।

हुन त सबैलाई म्याद थपिन्छ नै भन्ने लागेको छ । तर पनि १-१ वर्ष म्याद थप्दा पनि किन समयमा संविधान बन्न सकेन भन्ने कुरा खोज्नुपर्छ भन्ने आवाजहरु पनि उठ्न थालेको छ । संविधान सभा भवन रहेको नयाँ वानेश्वरमा आज सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसै मेसो मा आज हामी भने, संविधान सभा का बारेमा नेपाली ट्विटोश्फेयर मा भइरहेका कुराकानीहरु यहाँ प्रस्तुत गर्दैछौँ । #CA28May ह्यासट्याग भएका ट्विटहरु यहाँ देख्न सकिन्छ ।


यस सम्बन्धि कुराहरु हामी नियमित प्रकाशित गरिरहने छौँ । ट्विटर मा नै चलिरहेका केही कुराकानीलाई हामीले 'स्टोरीफाइ' गर्ने कोशिस गरेका छौँ ।

Do you know ? I can see your Twitter Timeline

Posted: 27 May 2011 07:32 PM PDT


ट्विटर ले अस्ति देखि एउटा नयाँ 'फिचर' ल्याएको छ । अब जो कसैले अरु को 'टाइमलाइन' हेर्न सक्छन् । भन्न को मतलब, तपाईले आफ्नो 'टाइमलाइन' मा जे देखिरहनु भएको छ, ती सबै कुरा मैले पनि देख्न सक्छु । जो कोहीले पनि तपाईले 'फलो' गरेका 'फलोइङ' भन्ने लिंक क्लिक गरेपछि, तपाई को टाइमलाइन मा जे देखिन्छ, अरु ले पनि त्यही टाइमलाइन देख्न सक्छन् । तर तपाईले फलो गरेका 'प्रोटेक्टेड ट्विट'हरु भने मैले हेर्न मिल्दैन ।

timeline

यसबाट तपाईले क-कसलाई फलो गर्नुहुँदो रहेछ भन्ने थाहा पाउन सक्नुहुन्छ । उसको टाइमलाइन मा तपाईको ट्विट देखिएन भने जान्नुस, तपाईलाई उसले फलो गरेको छैन । अनि यसको अर्को पनि फाइदा छ, यदि कोही ट्विटर को 'पावर युजर' छ भने त्यसले कसलाई फलो गर्दोरहेछ भन्ने थाहा पाइन्छ र उसले फलो गरेका व्यक्तिहरुलाई आफूले पनि फलो गर्न सकिन्छ ।

जस्तो तपाईलाई कस्तो कुरा भन्ने कौतुहलता लागिरहेको भए, तपाईले मेरो टाइमलाइन यहाँ गएर हेर्न सक्नुहुन्छ !

नयाँ फिचर ल्याएसँगै ट्विटरका 'म्याजेस' र 'अप्सन' भन्ने 'बटन' को स्टाइल मा पनि परिवर्तन आएको छ । त्यसबाहेक ट्विटर ले केही दिन पहिले सबै 'मेन्सन' हरु ईमेल मा पठाउने 'फिचर' ल्याएको थियो । बिस्तारै ट्विटरले यो 'फिचर' सबैको लागि उपलब्ध गराउँदै जानेछ ।

अनि अर्को कुरा, तपाईले अरुको 'फलोइङ' लिंक क्लिक गरेपछि ट्विटर को दायाँ कुनामा 'सफल आइकोन (shuffle icon)' देखिन्छ । जसलाई क्लिकेर तपाईले 'र्‍यान्डम्ली' (Randomly) अरुहरु को टाइमलाइन हेर्न सक्नुहुन्छ । तपाईले फलो गरेका जुनसुकै व्यक्ति को टाइमलाइन देख्न सक्नुहुन्छ । यसबाट नयाँ उपयोगी ट्विटरहरुलाई 'फलो' गर्न सजिलो हुन्छ ।

twitter random

 

Information Sharing Copyright © 2011