Aakar

Aakar

Link to Aakar Post

नेपाली ट्विटर समुदाय व्दारा पवित्र समाज सेवालाई सहयोग @tfcNepal [Tweet For Cause]

Posted: 23 Apr 2011 10:37 AM PDT


ट्विटर चलाउने नेपालीहरुको एक समूहले आज काठमाडौँ बसुन्धारा मा रहेको पवित्र समाज सेवालाई सहयोग गरेको छ । दीक्षा चापागाईँ व्दारा सञ्चालित सञ्चालन पवित्र समाज सेवालाई 'Tweet For Cause Nepal' नामक नेपाली युवाहरुको ट्विटर समूहले करिब पन्ध्र हजार बराबर को आर्थिक सहयोग गरेको हो । समूहले चिनी, चिउरा, तेल, जुत्ता चप्पल, स्टेशनरी सामान, भाँडाकुँडा आदि विभिन्न कुराहरु उक्त अनाथालयलाई सहयोग गरेको थियो । पवित्र समाज सेवामा बिस जना साना बालबालिकाहरु आश्रित रहेका छन् ।  विगत ६ वर्ष देखि दिक्षा चापागाईले पवित्र सेवा समाज चलाइरहनु भएको छ । आजको कार्यक्रममा करिब १६ जना नेपाली ट्विटर प्रयोगकर्ताहरु को उपस्थिति थियो । 

ट्विटरमा रम्ने नेपाली युवाहरुको समुह ले "ट्विटर बाट समाजसेवा गरौँ" भन्ने अभियान केही महिना अघि देखि सुरु गरेका थिए ।  माइक्रो ब्लगिङ साईट ट्विटर बाट सम्भवत पहिलो पटक नेपाल मा यस्तो अभियान गरिएको हो । ट्विटर मार्फत 'बारक्याम्प' जस्ता कार्यक्रमहरु पहिले पनि काठमाडौँ आयोजना गरिसकेको भएपनि, यसरी प्रत्यक्ष समाज सेवा गरेको भने पहिलो पटक नै हो ।

नेपाली युवाहरु विच लोकप्रिय हुँदै गएको माइक्रो ब्लगिङ साइट ट्विटरबाट नेपाल मा पहिलोपल्ट यसरी अभियान थालिएको हो तर फेसबुक मार्फत भने यस्ता कार्यक्रमहरु पहिले देखि नै भइरहेका छन् । ट्विटर मार्फत भेट भएका साथीहरु बिच भेटघाट गर्ने क्रममै, आफू मात्र रमाइलो गर्ने नभइ अरु को मुहारमा पनि खुशी ल्याउन, केही काम ट्विटर मार्फत गरौँ भन्दै 'TFC Nepal' को 'कन्सेप्ट' निकालिएको थियो । प्रति ट्विट गरे वापत, २० पैसा यस अभियान को लागि छुट्याउने सहमति गर्दै नेपाली ट्विटर प्रयोगकर्ताहरुले आफ्नो ट्विट अनुसार को रकम 'TFC Nepal' मा जम्मा गरेका थिए । अनि सबै को सहमतिमा पहिलोपटक पवित्र समाज सेवालाई सहयोग गरिएको थियो । नेपाल मा भएका मात्र नभइ विदेशमा भएका नेपाली युवाहरुले समेत, यस अभियान को खुलेर प्रशंसा गरेकाछन् र आफ्ना सहयोग रकमहरु पठाइरहेकाछन् । यस प्रकार का सहयोगहरु भविष्य मा पनि निरन्तर जारी रहने भएको छ ।

सामाजिक सञ्जाल का साइटहरु बाट ट्युनिसिया तथा इजिप्ट लगायतका देशमा आन्दोलन गरिएको थियो । भर्खरै जापानमा आएको सुनामी को खबर पनि ट्विटर मार्फत संसार भर फैलिएको थियो । ट्विटर मा रमाईला र जानकारी मुलक कुराहरु गर्ने मात्र नभइ, ट्विटरबाट समाजसेवा जस्तो पवित्र काम पनि गर्न सकिन्छ भनेर नेपाली युवाहरु ले देखाइदिएकाछन् । आफ्नो व्यस्त जिवनबाट अलिकति फुर्सद निकालेर ट्विट गरेर ट्विटरमा रमाउने नेपालीहरु, समाजसेवाका अतिरिक्त ट्विटरमै 'ट्विट डिबेट' जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेकाछन् । 'ट्विट डिबेट' मा हप्तै पिच्छे, एउटा विषयमा बहस र छलफल हुने गरेको छ,त्यस्ता बहसहरु नयाँ कुरा थाहा पाउन सहायक सिद्ध भएको छ ।

नेपाल र नेपाल बाहिर रहेका नेपाली युवाहरु ट्विटर मा छलफल गरिरहेका हुन्छन्, आफ्ना विचारहरु राखिरहेका हुन्छन् । ट्विटरमा नेपाली युवाहरु यति मोहित भएका छन् कि, सबैलाई एकै घरका सदस्यहरु झैँ लाग्ने गरेको छ । उनीहरु सँधै भेटिएको वा आफ्ना पुराना साथिहरु सँग कुरा गरेझैँ, रमाइला, हाँसो र ठट्टा गरिरहेका हुन्छन्, अनि अप्रत्यक्ष रुपमा 'TFC Nepal' को अभियानलाई सहयोग गरिरहेका हुन्छन् । रमाइलो सँगै, समाजसेवा पनि गरिरहेका युवाहरु यो अभियानलाई जारी राख्न लागिपरेका छन् । आज पवित्र समाज सेवा मा जमघट  भइरहँदा व्यस्तता का कारण उपस्थित हुन नसकेका वा विदेशमा रहनु भएका नेपाली प्रयोगकर्ताहरुले ट्विटर मार्फत अनलाईन समर्थन जनाइरहनु भएको थियो ।

Smile

TFC Nepal को बारेमा अझ धेरै जान्न को लागि  TFCNepal ब्लग हेर्नुहोला !

ट्विटरमा रमाइलो गर्दै, ट्विट गर्दै समाजसेवा गर्न चाहनुहुन्छ, अरुको मुहार मा खुशी ल्याउन चाहनुहुन्छ भने ट्विटरमा @tfcNepal लाई फलो गर्नुहोस् ।

(Photos will be uploaded later)

ट्विटर, अनुजा र कान्तिपुर #Opinion

Posted: 22 Apr 2011 08:26 PM PDT


एकादेशको कुरा थियो, म बिहानै कान्तिपुर पत्रिका कुरेर बस्थे, जस्मा मैले एउटा छुट्टै सुगन्ध भेट्थे र पढ्दा छुट्टै आनन्द आउथ्यो। अनि आजभोलिको कुरा छ, मलाई कान्तिपुर हेर्न नपरे हुन्थ्यो जस्तो लाग्छ, तर पनि सबैले कान्तिपुरमा यो छाप्यो र त्यो छाप्यो भन्ने भएर हेर्न बाध्य हुन्छु। श्रृखलाबद्ध रुपमा जब कुनै नाम चलेको सबैले रुचाएको राष्ट्रिय दैनिकमा गलत समाचार, पहिलो हुने होडमा अफवाहहरु छापिन थाल्छन भने एउटा माया गर्ने पाठकको नाताले केहि कुरा भन्न मन लागेको छ।

आफ्नो साहुको भलोको लागि जब समाचार छाप्न थालिन्छ, लाख लाख मानिसको जिवनसँग खेलवाड गर्ने गरि जुसको व्यापार हुदाँ विज्ञापनको लागि कलम बन्द गरिन्छ भने पाठकको हिसाबमा न्यास्रो लाग्नु स्वाभाविक हो भन्छु म। पहिलो हुने निहुँमा सैनिक कु को अफवाहमा जनतामा आतङ्क फैलाउने काम हुन्छ भने खवरदारि गर्नु कर्तव्य ठान्छु म। पुराना गल्तिबाट हामि सबैले पाठ सिक्नु पर्छ; चाहे त्यो जो सुकै होस् यो कुरामा यो र उ भन्ने गुन्जायस हुनु हुदैन भन्ने मलाई लाग्छ। पुराना कुरा कोट्टाएर कोहिलाई फाईदा हुँदैन।

अब कुरा गरौँ भर्खर इन्टरनेट र छापामा छाएका तपाईका कुराहरु। सुरु मलाई छापाबाट नै गर्न मन लाग्यो। हजुरहरुले छाप्नु भो अनुजा नाम गरेकि महिलाले ९१ लाख र हिराको हार फेला पारेर फिर्ता गरिन। पैसा जँहाबाट आएको भनिएको थियो त्यँहाबाट पैसा झिकिएको थिएन। पैसा फिर्ता लग्ने मान्छेको पत्तो छैन। पुलिस प्रशासन सबै बेखवर छन। ९१ लाख सानो रकम पनि होइन। नेपालमा राम्रो मान्छे अझै बाकि रैछन, मानवता मरि सेकेको छैन भनेर आशा गर्न नपाउदै, मानवतालाई जबरजस्ति बचाउन खोजेको भान हुन पुग्यो। जे होस् राम्रो उद्देश्यले गरेको काम भनेर मन बुझाउन सकिन्थ्यो बुझाईयो पनि। के हजुरहरुले पत्रकारको धर्म राम्रोसँग निभाउनु भयो त शँका गर्ने ठाँउ त प्रशस्त भेटिए नि, होइन र? ल अब त्यो कुरालाई पनि थाँति राखौँ।

प्रविधिको जमाना छ, जताततै मान्छेहरु इन्टरनेटको कुरा गर्छन। हजुरहरुले पनि गर्नु भई राख्नु भएको छ। यो शुक्रबार ट्विटरको बारेमा डरलाग्दो कुरा लेख्नु भयो। ट्विटरको कारणले भएका सम्पुर्ण नराम्रा तथ्यलाइ उजागर गर्नु भयो। त्यहि लेखको कारणले ट्विटर तिर गएर साथिभाइको सहायताले केहि कुरा बुझ्ने अवसर मिल्यो। हजुरहरुको लेख पढ्दा त ट्विटर त गुण्डाहरुको बस्ति जस्तो भान भएको थियो डराई डराई ट्विटर छिर्दा त रमाईलो लाग्यो मलाई। ट्विटरमा त ज्यान लिने भन्दा ज्ञान दिने कुरा धेरै हुने रै'छ। धम्कि भन्दा रम्कि झम्कि बढि हुने रै'छ। तपाईहरु फेरि चुक्नु भयो नराम्रो सँग, हजुरहरुले नराम्रो भनेको ठाँउ त ग्यानको भण्डार भेटे मैले। हजुरहरुको सोधमा प्रयोग भएका शब्दहरुको त के बखान गरौँ र खै।  लौ यँहा नेर हजुरहरुले नराम्रो इमेज बनाएको कुरा राम्रो भेटियो।

तपाईहरुले मनावता नभएको ठाँउमा जबरजस्ति मानवता उमार्न खोज्नु भयो। मनावताले भरिपुर्ण ठाँउमा मानवताको हत्या गर्ने गरि पाठकहरुलाई उत्तेजित बनाएर अनाव सनाब बकाउनु भयो। एउटा सोध्न मन लागेको प्रश्न हजुरहरुलाई, समाजलाई कता डोराउदै हुनु हुन्छ?  हजुरहरु त समाजको पथ प्रदर्शक हुनु पर्ने होईन र? हजुरहरुकै तथ्याङ्कको आधारमा भन्नु पर्दा १० लाख पाठक भएको पत्रिकाले १० लाख जनतालाई कता डोराउदै हुनु हुन्छ? गल्ति सबैबाट हुन्छ, अनि पाठ पनि गल्तिबाटनै सिकिन्छ। हजुरहरुलाई पाठ सिक्न कति समय अभाव भएको हो। रफ्तारको जिवनमा हिड्दा हिड्दै हजुरहरुले सानो सानो कुरालाई नजरअन्दाज गर्न थाल्नु भयो। अब मानिस हो गल्ति हुन्छ, तर बिन्ति छ कान्तिपुरे साथिहरु हो, सक्नु हुन्छ सहि कुरा दिनुस् सक्नु हुन्न गलत सुचनाले हामिलाई सुसुचित नगरिदिनुस्। कृपया पशुपतिनाथको लागि भए पनि सहि बाटोमा हिडाउनुस् हामिलाइ।

अन्त्यमा मलाई एकजना प्रविधि सम्बन्धि मान्छेले भनेको कुरा भन्नु मन लाग्यो, कृपया हजुरहरुको प्रविधि सम्वन्धि लेखहरु बन्द नै गर्नुस रे, योग्य व्यक्ति राखेर लेख्न थाल्नुस रे, तिनिहरुमा यति धेरै त्रुटि हुन्छन् कि त्यो पढेर जान्ने मान्छे पागल हुन्छ रे। हामिलाई पागल नबनाईदिनुस्, सध्य त बनाउन सक्नु भएन।

हजुरहरुको सँधै भलो चाहने पाठक।

~  कृष्ण, कुपन्डोल !


मेरो भन्नु : दोस्रो अनुच्छेद मा लेखक कन्फ्युज देखिए झैँ लागेको छ । तत्कालिन समयमा कान्तिपुर ले विज्ञापन नपाएको प्रसंग उठेको थियो, त्यसपछि रियल जुस को बारेमा जमेर लेखिएको भन्ने सुनेको थिँए । त्यस समयमा, रियल जुसको भण्डाफोर गरेर कान्तिपुरले "वाहवाही" कमाएको थियो अत: यसलाई मिलाएर बुझिदिन हुन, आग्रह गर्दछु !
 

Information Sharing Copyright © 2011